नेमकिपाको किल्लामा भक्तपुर १ मा प्रेम सुवाललाई हराउँदै रास्वपाका रुकेश रंजित विजयी

रन्जित ३३ हजार ४३६ मत पाइ विजयी हुँदा नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

भक्तपुर । भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन् । रन्जित ३३ हजार ४३६ मत पाइ विजयी हुँदा नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

यसअघिका निर्वाचनमा भारी मतान्तरले जित्दै आएको नेमकिपा यसपटक ५ हजार २८९ मतान्तरले पछि पर्दै पारजित भएको हो।

यसक्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ४ हजार२८२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत मात्र पाए ।