सर्लाही-४ मा रास्वपाका अमरेश अगाडी, गगन ११३३ मतले पछि

पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले २८४७ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले १७१४ मत प्राप्त गर्दै पछाएका छन् । अमरेशभन्दा गगन ११३३ मतले पछि रहेका छन् ।

काठमाडौँ । सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता बढाएका छन् ।

पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले २८४७ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले १७१४ मत प्राप्त गर्दै पछाएका छन् । अमरेशभन्दा गगन ११३३ मतले पछि रहेका छन् । 

त्यस्तै नेकपा एमालेका अम्निश कुमार यादवले ४१० मत प्राप्त गरेका छन् भने जनमतका राखेश कुमार मिश्रले २५० मत प्राप्त गरेका छन् ।

त्यस्तै सर्लाहीका अन्य तिनै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार अगाडी रहेका छन् ।