जुम्लामा राप्रपाका शाहीले बनाए अग्रता, रास्वपाको केवल २९ मत

पछिल्लो मतगणना अपडेट अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २१०२ मत प्राप्त गरेका छन् भने नेकपाका नरेश भण्डारीले ९७२ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका दीपबहादुर शाहीले ४९६ मत र एमालेका शान्तिलाल महतले २१२ मत प्राप्त गरेका छन ।

काठमाडौँ । जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् ।

पछिल्लो मतगणना अपडेट अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २१०२ मत प्राप्त गरेका छन् भने नेकपाका नरेश भण्डारीले ९७२ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका दीपबहादुर शाहीले ४९६ मत र एमालेका शान्तिलाल महतले २१२ मत प्राप्त गरेका छन ।

त्यस्तै देशभर लहर आएको रास्वपालाई भने जुम्लामा २९ मत मात्र प्राप्त भएको छ । रास्वपाबाट जुम्लामा विनिता कठायत उम्मेदवार रहेकी छन् ।