१५ वटा जिल्लाका दुर्गम क्षेत्रहरूबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

भौगोलिक रूपमा विकट मानिएका १५ वटा जिल्लाका दुर्गम क्षेत्रहरूबाट मतपेटिका ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

काठमाडौँ । निर्वाचन आयोगले बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको घोषणा गरेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चलेको यस मतदान प्रक्रियामा नागरिकहरूले उत्साहका साथ सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेका छन्।मतदान कार्य सकिएलगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा सङ्कलन गर्ने र मतगणनाको तयारी सुरु गर्ने प्रक्रिया अघि बढेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् । 

काठमाडौँ । निर्वाचन आयोगले बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको घोषणा गरेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चलेको यस मतदान प्रक्रियामा नागरिकहरूले उत्साहका साथ सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेका छन् ।मतदान कार्य सकिएलगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा सङ्कलन गर्ने र मतगणनाको तयारी सुरु गर्ने प्रक्रिया अघि बढेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् । यस्तै संखुवासभा, सोलुखुम्बु, गोरखा, रुकुम पश्चिम, मनाङ, बाजुरा र हुम्ला जस्ता हिमाली तथा दुर्गम जिल्लाका मतपेटिकाहरू भने शुक्रबार बिहानसम्ममा गणना स्थलमा ल्याइपुर्‍याइनेछ। मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएलगत्तै सर्वदलीय सहमति जुटाएर मतगणनाको काम तत्काल अघि बढाइने आयोगले जनाएको छ।