सुन तोलामा ११ हजार र चाँदी २७५ रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको छ। आज चाँदी प्रतितोला २७५ रुपैयाँले घटेर ५ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २७५ रुपैयाँले घटेर ५ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८१५ रुपैयाँ थियो ।