प्रभु इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४६७९ प्रतिशत नगद लाभाश वितरण गर्ने घोषणा गरेको हो ।
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४६७९ प्रतिशत नगद लाभाश वितरण गर्ने घोषणा गरेको हो ।
फागुन १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लागू हुनेछ ।