निर्वाचन कर्मचारी सवार जिप दुर्घटनामा एक जनाको मृत्यु

रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सो जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको हो । उक्त जिपमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।

रामेछाप । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जित दुर्घटनामा परेको थियो ।

सो जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको हो । उक्त जिपमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।

गाडीमा निर्वाचन सामग्रीसहित १०/११ जना निर्वाचनमा खटिएका कर्मचारी थिए । अहिले उद्धारका काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।