सुन तोलाको ५६ सयले बढ्यो, चाँदीमा २४५ वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको छ । आज चाँदी २४५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

 यस्तै महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी २४५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ९८५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ रहेको थियो ।