फेरी पक्राउ परे दुर्गा प्रसाईं
पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ । प्रसाईं यसअघि फागुन ४ काठमाडौंमा पक्राउ परेर सर्वोच्च अदालतको आदेशमा फागुन १३ गते रिहा भएका थिए ।
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली प्रसाईंको निवास वरिपरि तैनाथ भएपनि पौने ८ बजेतिर पक्राउ पुर्जी थमाएर पक्रिएको हो । अहिले प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ । निर्वाचन विथोल्न सक्ने भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रसाईले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन जरुरी नरहेको प्रतिक्रिया दिदै आएका थिए । प्रसाईं यसअघि फागुन ४ गते काठमाडौंमा पक्राउ परेर सर्वोच्च अदालतको आदेशमा फागुन १३ गते रिहा भएका थिए ।