सुनको मूल्य घट्दा चाँदीमा भने सामान्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ५ सयले घटेर ३ लाख १४ हजार ९ सयमा कारोबार भइरहेको छ । हासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर तोलाको ५ हजार ७४० मा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ५ सयले घटेर ३ लाख १४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १५ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर तोलाको ५ हजार ७४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५ हजार ७२५ मा कारोबार भएको थियो ।