१३० रुपैयाँले बढ्यो चाँदीको मूल्य, सुनको भने स्थिर
आज सुनको मूल्य ३ लाख १४ हजार ८०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७१५ रुपैयाँ कायम भएको छ ।
काठमाडौं । आज बुधबार सुनको भाउ स्थिर हुँदा चाँदीको मूल्यमा भने वृद्धि भएको छ । आज सुनको मूल्य ३ लाख १४ हजार ८०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो मंगलबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७१५ रुपैयाँ कायम भएको छ ।