सन नेपाल लाइफको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण, सिइओ अर्यालद्वारा उद्घाटन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सेवालाई थप प्रभावकारी र ग्राहकमुखी बनाउने उद्देश्यका साथ दाङस्थित घोराही शाखालाई नयाँ स्थानमा स्थानान्तरण गरेको छ । नयाँ कार्यालयको एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्यालले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र रावत, शाखा प्रमुख शशी डीसी लगायत स्थानीय अभिकर्ता तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

शाखा स्थानान्तरणसँगै अब ग्राहकहरूले अझ सहज, व्यवस्थित र गुणस्तरीय बीमा सेवा प्राप्त गर्ने कम्पनीले विश्वास लिएको छ । नयाँ कार्यालयबाट बीमा पोलिसी सेवा, प्रिमियम संकलन तथा दाबी भुक्तानी प्रक्रियालगायतका सम्पूर्ण सुविधाहरू छिटो–छरितो रूपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सन नेपाल लाइफले पछिल्लो समय सेवा विस्तार र पूर्वाधार सुदृढीकरणलाई उच्च प्राथमिकता दिँदै आएको छ । हाल कम्पनीले देशभर आफ्ना १४८ वटा शाखा तथा उपशाखाहरू मार्फत सर्वसाधारणलाई अत्याधुनिक बीमा सेवा प्रदान गर्दै आएको छ ।