चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोगमा रोक, उम्मेदवारलाई सुरक्षा खतरा भएको निष्कर्ष

बिहीबार सिंहदरबारमा बसेको सुरक्षा समितिको बैठकले उम्मेदवारहरुको सुरक्षालाई ध्यान दिएर रुफटफ भेहिकल प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।

काठमाडौं । सरकारले निर्वाचन प्रचार प्रचारमा जाँदा उम्मेदवारहरूले छत खोलेर हिंड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको सुरक्षा समितिको बैठकले उम्मेदवारहरुको सुरक्षालाई ध्यान दिएर रुफटफ भेहिकल प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधी र सहसचिव आनन्द काफ्ले सहभागी थिए ।

प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिका अधिकारीहरु पनि बैठकमा भर्चुअल माध्यमबाट सहभागी भएका थिए । अहिले देशभर छत खुल्ला भएको गाडीबाट उम्मेदवारहरुले भोट माग्ने प्रचलन बढ्दो छ । बैठकमा निर्वाचनका गतिविधि र तयारीबारे पनि थप छलफल भएको छ ।