दुर्घटनामा स्कुटर चालकको मृत्युपछि बनेपामा सडक अवरुद्ध, टिपरमा आगजनी
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपामा स्थानीयले टिपरमा आगजनी गरेका छन् । विरोधमा उत्रिएका स्थानीयले सडक अवरुद्ध गर्दै टिपरमा आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
काठमाडौं । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपामा स्थानीयले टिपरमा आगजनी गरेका छन् । विरोधमा उत्रिएका स्थानीयले सडक अवरुद्ध गर्दै टिपरमा आगजनी गरेका हुन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। दुर्घटनामा मृत्यु भएकाको सनाखत भइसकेको छैन ।
अरनिको राजमार्गमा पर्ने बनेपाको दूरसञ्चार नजिकै बागमती प्रदेश ०१-००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनापछि स्थानीयले घटनास्थलमा प्रदर्शन गरेका छन् । स्थानीयको विरोधको कारण सो क्षेत्र तनावग्रस्त बनेको छ ।
अहिले अरनिको राजमार्गमा सवारी आगमन अवरुद्ध छ । लामो समय सडक अवरुद्ध हुँदा यात्रुहरूले दुःख पाएका छन् ।