चुनाव विथोल्न सक्रिय रहेको आरोपमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरी पक्राउ

२३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका प्रसाईं माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए । प्रसाईं त्यसअघि पनि विभिन्न आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । प्रहरीकाअनुसार प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

यसअघि २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका प्रसाईं माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए । प्रसाईं त्यसअघि पनि विभिन्न आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।