नेशनल लाईफले गर्यो मधेश प्रदेशका अभिकर्तालाई सम्मान, कम्पनीको लोगो अंकित चाँदीको मेडल र प्रमाणपत्र बितरण

कार्यक्रममा सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो । साथै ‘नेशनल रत्न’ र ‘नेशनल स्टार’ विजेता अभिकर्ताहरुलाई कम्पनीको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरिएको थियो ।

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मधेश प्रदेशका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी उत्कृष्ट प्रदर्शन गर्ने ७७ जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा मधेश प्रदेशअन्तर्गतका शाखा प्रमुखहरूको सहभागितामा विशेष कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए । सो अवसरमा सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो । साथै ‘नेशनल रत्न’ र ‘नेशनल स्टार’ विजेता अभिकर्ताहरुलाई कम्पनीको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरिएको थियो ।

त्यसैगरी, आफ्नो कोड र सञ्जालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने उत्कृष्ट अभिकर्ताहरुलाई विशेष पुरस्कारसहित सम्मान गरिएको कम्पनीले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन अभिकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अभिकर्ता–मैत्री योजना अन्तर्गत वार्षिक रूपमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने बताए । उनका अनुसार सिइओ क्लब अवधारणाअन्तर्गत देशभरबाट १६०० भन्दा बढी अभिकर्ता छनोट हुनु योजना सफल भएको प्रमाण हो ।

कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यावसायिक दक्षता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरेका थिए । मधेश प्रदेशबाट उत्कृष्ट हुने अभिकर्तामध्ये जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्याम चन्द्र राईले आफ्नो व्यवसायिक अनुभव साझा गरेका थिए । सहभागी अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफ्नो मेहनतको कदर भएको अनुभूति भएको बताउँदै कम्पनीप्रति आभार व्यक्त गरेका थिए ।