जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा

आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा जावलाखेल युथ क्लबले चर्च ब्वायज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।

पोखरा । जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा जावलाखेल युथ क्लबले चर्च ब्वायज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।  

जावलाखेलको जितमा धर्मेन्द्र कुँवर, निकोलस ओडाने हमिल्टान र सुजन गुरुङले एक एक गोल गरेका थिए ।  

यसअघि पहिलो क्वाटरफाइनलमा आयोजक सहारा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेर सेमिफाइनलमा पुगिसकेको छ ।

अब तेस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र सिक्किमको ठण्डरबोट युनाइटेडबीच सोमबार हुने छ । त्यस्तै चौथो क्वाटरफाइनल खेल प्लानिङ ब्वायज युनाइटेड र उज्बेकिस्तानको एभिए फुटबल क्लबबीच मंगलबार हुने तालिका रहेको छ ।