फागुनकालागि ९ बैंकले ब्याजदर घटाउँदा ११ को स्थिर, कुन बैंकको ब्याजदर कति ?

फागुनका लागि सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार बैंकहरुको औषत ब्याजदर ४.५७ प्रतिशतमा सीमित भएको छ ।ब्याजदर घटाएका अधिकांश बैंकहरुले पनि व्यक्तिगत निक्षेपको ब्यााजदर मात्र घटाएका छन् । ११ बैंकले ब्यााजदर स्थिर राखेका छन् ।

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फागुनकालागि सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार बैंकहरुको औषत ब्याजदर ४.५७ प्रतिशतमा सीमित भएको छ । माघमा भने औषत ब्याजदर ४.६८ प्रतिशत थियो । ब्याजदर घटाएका अधिकांश बैंकहरुले पनि व्यक्तिगत निक्षेपको ब्यााजदर मात्र घटाएका छन् ।

विवरणअनुसार ९ बैंकले निक्षेपको ब्याजदर अझै घटाएका छन् । यसले कर्जाको ब्याजदर पनि सामान्य रुपमा घट्ने सम्भावना रहन्छ । हाल नेपालमा सञ्चालित २० वाणिज्य बैंकमध्ये ११ बैंकले ब्याजदर स्थिर राखेका छन् । बैंकहरूसँग हाल कर्जा लगानी योग्य रकम (तरलता) अधिक भएका कारण ब्याजदर अझ घटाइएको हो ।

ब्याजदर घट्ने बैंकहरु

ब्याजदर घटाउने बैंकहरुमा एभरेष्ट बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंक छन् ।

विवरणअनुसार एभरेष्ट बैंकले व्यक्तिगत र संसथागत दुबै मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.२५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ । माघमा एभरेष्टले व्यक्तिगत निक्षेपका लागि अधिकतम ४.४ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिएको थियो ।

सानिमा बैंकले फागुनका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ । माघमा सानिमाको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर थियो ।

प्राइम कमर्सियल बैंकले फागुनका लागि व्यक्तिगत निक्षेवको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । माघमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४ प्रतिशत ब्याजदर दिएको थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुनका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकको माघमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर थियो ।

नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.८ प्रतिशत ब्याजदर तोकेको छ । माघमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४ प्रतिशत र संस्थागततर्फ २.८ प्रतिशत ब्याजदर थियो ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । स्ट्याण्डर्ड चाटर्डले फागुनका लागि व्यक्तिगततर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । माघमा बैंकको व्यक्तिगततर्फ अधिकतम ४.३६ प्रतिशत र संसथागततर्फ २.७५ प्रतिशत ब्याजदर थियो ।  

ग्लोबल आइएमई बैंकले फागुनका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ । माघमा ग्लोबलको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर थियो ।

त्यस्तै, सिद्धार्थ बैंकले पनि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । सिद्धार्थले फागुनका लागि व्यक्तिगततर्फ अधिकतम ४.२५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले माघमा व्यक्तिगततर्फ अधिकतम ४.५५ र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर दिएको थियो ।

कृषि विकास बैंकले फागुनका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर तोकेको छ । माघमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर दिएको थियो ।

ब्याजदर स्थिर राख्ने बैंकहरु

फागुन महिनाका लागि सबै बैंकले सबै प्रकृतिका निक्षेपको ब्याजदर स्थिर राखेका छन् । अर्थात माघ मनिमा भएको ब्याजदर फागुनलाई कायम गरेका छन् । स्थिर व्याजदर राख्नेहरुमा नबिल बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, प्रभु बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंक छन् ।

एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर तोकेको छ । 

नेपाल बैंकले फागुनका लागि व्यक्तिगत मुद्धति निक्षेपतर्फ अधिकतम ब्याजदर ५.१ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याजदर तोकेका छ ।

प्रभु बैंकले निक्षेपकर्तालाई फागुनमा व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर दिनेछ । 

सिटिजन्स इन्टरनेशनल बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागत निक्षेपको स्थिर राखेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।

एनएमबी बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।

हिमालयन बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।

माछापुच्छ्रे बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४।५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४३ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोको छ । 

लक्ष्मी सनराइज बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ र संस्थागतको ३.२५ प्रतिशत कायम गरेको छ ।

नबिल बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.५५ प्रतिशत ब्याजदर कायम गरेको छ ।