रामेछाप बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ७ जना घाइते

दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका ६ जनाको मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । त्यस्तै दुर्घटनास्थबाट उद्धार गरिएकाहरुलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ ।

काठमाडौँ । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।

दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका ६ जनाको मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । त्यस्तै दुर्घटनास्थबाट उद्धार गरिएकाहरुलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ । 

मंगलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बसमा चालक, सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको छ । अहिले पनि नदीमा खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।