आन्तरिक राजस्व कार्यालय भैरहवाले ६ महिनामै लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व विभागबाट साउनदेखि पुस महिनासम्ममा ६ अर्ब ६३ करोड ७० लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको यस कार्यालयले ८ अर्ब १७ करोड १९ लाख ९७ हजार रुपैयाँ सङ्कलन गरेको छ ।
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व विभागबाट साउनदेखि पुस महिनासम्ममा ६ अर्ब ६३ करोड ७० लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको यस कार्यालयले ८ अर्ब १७ करोड १९ लाख ९७ हजार रुपैयाँ सङ्कलन गरेको छ ।
गत आव २०८१/८२ को सोही अवधिभन्दा यस वर्ष ४७.४ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ । चालु आवको पुससम्म लक्ष्यभन्दा १ अर्ब ५३ करोड रुपैया भन्दा बढी अर्थात् लक्ष्यभन्दा २३.१ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो । गत आवको तुलनामा यो २ अर्ब ६३ करोडले बढी हो ।
आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय भैरहवालाई चालु आव २०८२/८३ मा १५ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। आन्तरिक राजस्व कार्यालयको सक्रियताका कारण कर संकलनमा उल्लेख्य वृद्धि भएको यहाँ कार्यरत कर्मचारी दाबी छ । अर्थतन्त्रमा परिसूचकमा देखिएको सुधार र स्थानीयस्तरमा बक्यौता असुलीका लागि कार्यालयको पहलबाट लक्ष्यभन्दा माथि कर संकलन भएको कार्यालयले जनाएको छ ।
करदाताको घर ठेगाना, कारोबारस्थलमा पत्राचार गर्ने, एसएमएस र टेलिफोनबाट सूचित गर्ने, स्थानीय तहसँग समन्वय गरेर सूचना टाँस गर्ने, नियमित, क्षेत्रगत र प्रभावकारी रूपमा बजार अनुगमन, आर्थिक गतिविधिमा पनि केही वृद्धि भएको कारण राजस्व सङ्कलन बढेको प्रमुख कर अधिकृत पोख्रेलको भनाइ छ ।
आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा एक लाख १० हजारभन्दा बढी व्यावसायिक करदाता छन् ।