सेयर बजारमा १७.५३ अंकको गिरावट, कारोबार रकम भने साढे १४ अर्ब माथि
साताको अन्तिम कारोबार दिन आज बिहिबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज भने १७.५३ अंक घटेर २७१४.०५ को विन्दुमा झरेको छ । परिसूचक घटेको दिन साढे १४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३२० कम्पनीका ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १ लाख ३८ हजार ८८३ पटक खरिद बिक्री हुँदा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ रुपैयाँको कारोबार भएको छ ।
काठमाडौंं । साताको अन्तिम कारोबार दिन आज बिहिबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज भने १७.५३ अंक घटेर २७१४.०५ को विन्दुमा झरेको छ । परिसूचक घटेको दिन साढे १४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३२० कम्पनीका ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १ लाख ३८ हजार ८८३ पटक खरिद बिक्री हुँदा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको सेयर मूल्य आज बढेको छ । त्यस्तै आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बजार घटे पनि केही जलविद्युत कम्पनीहरूको सेयर मूल्यमा भने उत्साहजनक वृद्धि देखिएको छ । हिमालयन दोलखा हाइड्रोपावरको सेयर मूल्य ९.२३ प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रोपावरको ९.१९ प्रतिशतले बढेको छ । यस्तै कालिका पावरको मूल्य ८.३२ प्रतिशतले वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
