दुई बर्षमा ४८ लाख अफगानी स्वदेश फर्किए
अफगानिस्तानको जनसंख्या दुई वर्षमा १२ प्रतिशतले बढेको छ । संयुक्त राष्ट्रसंघीय निकाय युएनएचसीआरका अनुसार, डिसेम्बर २०२३ देखि डिसेम्बर २०२५ सम्ममा लगभग ४८ लाख अफगानी आप्रवासी इरान र पाकिस्तानबाट आफ्नो देश फर्किएका छन् । पाकिस्तान र इरानले अफगानी आप्रवासीहरूलाई जबरजस्ती निष्कासन गरिरहेको बताइएका बेला यस्तो आँकडा सार्बजनिक भएको छ ।
काठमाडौंं । अफगानिस्तानको जनसंख्या दुई वर्षमा १२ प्रतिशतले बढेको छ । संयुक्त राष्ट्रसंघीय निकाय युएनएचसीआरका अनुसार, डिसेम्बर २०२३ देखि डिसेम्बर २०२५ सम्ममा लगभग ४८ लाख अफगानी आप्रवासी इरान र पाकिस्तानबाट आफ्नो देश फर्किएका छन् । यसले गर्दा देशमा जनसंख्यामा यति ठूलो परिवर्तन आएको हो ।
युएनएचआरका अनुसार २०२५ मा मात्र २७ लाख मानिसहरू अफगानिस्तानमा फर्किएका छन् । हरेक दिन औसत १० हजार मानिसहरू अफगानिस्तान फर्किरहेका छन् । गत गर्मीमा एकै दिनमा इस्लाम किला सीमाबाट ७० हजार मानिसहरू आफ्नो देश प्रवेश गरेका थिए ।
पाकिस्तान र इरानले अफगानी आप्रवासीहरूलाई जबरजस्ती निष्कासन गरिरहेको बताइएका बेला यस्तो आँकडा सार्बजनिक भएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले यस विषयमा दुवै देशलाई अफगानी आप्रवासीलाई सहयोग गर्न आह्वान गरेको छ ।
