अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा दक्षिण कोरियाली सामानमा भन्सार शुल्क २५ प्रतिशत पुर्‍याउने

विज्ञापन
ncell

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामानहरूमा लगाइँदै आएको भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर पुनः २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा कोरियाली व्यवस्थापिकाले अमेरिकाको ऐतिहासिक व्यापार सम्झौता लागू नगरेका कारण दक्षिण कोरियाली सवारी साधन, काठ, औषधि र अन्य सबै पारस्परिक शुल्कहरू १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको बताएका हुन् ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामानहरूमा लगाइँदै आएको भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर पुनः २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा कोरियाली व्यवस्थापिकाले अमेरिकाको ऐतिहासिक व्यापार सम्झौता लागू नगरेका कारण दक्षिण कोरियाली सवारी साधन, काठ, औषधि र अन्य सबै पारस्परिक शुल्कहरू १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको बताएका हुन् । दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँगको सम्झौता पालना नगरेको आरोप लगाए ।

अक्टोबर २०२५ मा ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच भएको सम्झौताअनुसार अमेरिकाले दक्षिण कोरियाबाट हुने आयातमा १५ प्रतिशतको एकमुष्ठ भन्सार शुल्क लगाउने कुरा थियो । जुन ट्रम्पले पहिले धम्की दिएको स्तरभन्दा १० प्रतिशत बिन्दुले कम थियो । यसको बदलामा, दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्न सहमति जनाएको थियो । जसमा १५० अर्ब डलर अमेरिकी जहाज निर्माण क्षेत्रमा लगानी गर्ने उल्लेख थियो। तर, दक्षिण कोरियाली संसदमा उक्त सम्झौता अनुमोदन हुन ढिलाइ भएपछि ट्रम्पले पुनः दबाब बढाएका हुन्।