अध्ययनका लागि ६६ देशका १ हजार बढी विदेशी विद्यार्थी नेपालमा, कुन देशबाट कति ?

विज्ञापन
ncell

नेपाली युवाहरु अध्ययनका लागि विदेशी रहँदा नेपालमा पनि दर्जनौं देशका सयौं विद्यार्थीहरू नेपालमा अध्ययनका लागि आउने गरेको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२५ मा नेपालमा १ हजार २८ जना विदेशी विद्यार्थी अध्ययन भिसा लगाएर नेपाल आएका छन् । ६६ देशबाट उक्त विद्यार्थीहरू नेपाल पढ्नको लागि आएका हुन् । जसमध्ये सबैभन्दा धेरै चिनबाट १४० जना विद्यार्थी आउँदा अमेरिकाबाट १३५ जना, दक्षिण कोरियाबाट १२८ जना, जापानबाट १०० जना र म्यानमारबाट ७४ जना विद्यार्थी नेपालमा आएका हुन् ।


काठमाडौं । नेपाली युवाहरु अध्ययनका लागि विदेशी रहँदा नेपालमा पनि दर्जनौं देशका सयौं विद्यार्थीहरू नेपालमा अध्ययनका लागि आउने गरेको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२५ मा नेपालमा १ हजार २८ जना विदेशी विद्यार्थी अध्ययन भिसा लगाएर नेपाल आएका छन् । ६६ देशबाट उक्त विद्यार्थीहरू नेपाल पढ्नको लागि आएका हुन् । 

जसमध्ये सबैभन्दा धेरै चिनबाट १४० जना विद्यार्थी आउँदा अमेरिकाबाट १३५ जना, दक्षिण कोरियाबाट १२८ जना, जापानबाट १०० जना र म्यानमारबाट ७४ जना विद्यार्थी नेपालमा आएका हुन् । 

यसैगरी, माल्दिभ्सबाट ४०, श्रीलंकाबाट ३३, जर्मनीबाट २६, युकेबाट २६, ताइवानबाट २३, बङ्गलादेशबाट २२, रसीयाबाट २१, अस्ट्रेलियाबाट १९, क्यानडाबाट १९, भुटानबाट १८, फ्रान्सबाट १६, पाकिस्तानबाट १६, भियतनामबाट १६, ब्राजिलबाट १० र मलेसियाबाट १० जना विद्यार्थी अध्ययन भिसामा नेपाल आएका हुन् । 

यसैगरी, नेदरल्यान्ड, फिलिपिन्स र थाइल्याण्डबाट ८/८ जना, सिङ्गापुरबाट ७, इन्डोनेसिया, इटाली, स्पेन र स्वीजरल्याण्डबाट ६/६ जना, बेल्जियम, नर्वे, पोल्याण्ड र यूक्रेनबाट ५/५ जना, अस्ट्रिया, इजरेल र रोमनियाबाट ४/४ जना, चिलि, डेनमार्क, हङकङ, मेक्सिको, टर्की, जाम्बीयाबाट ३/३ जना, डोमिनिकन, फिनल्यान्ड, आयरल्यान्ड, कजकस्थान, केन्या र न्युजिल्यान्डबाट २/२ जना विद्यार्थी नेपाल आएका छन् । 

त्यसैगरी, अफगानिस्तान, अर्जेन्टीना, अरमेनिया, अजरबैजान, बेलारुस, बुलजरिया, चेस्ट रिपब्लीक, ग्रीक, हंगेरी, लेबनान, लिथुएनिया, मङ्गोलिया र निकारागुवाबाट १/१ जना विद्यार्थी नेपाल आएका हुन् ।