बजाजको ‘नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ काठमाडौंमा सुरु

विज्ञापन
ncell

बजाजका लागि नेपालका आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । माघ ११ गतेदेखि सुरु भएको कार्निभल १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने छ । कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर २२०एफ एफआई बीएस६ (Bajaj Pulsar 220F FI BS6) को औपचारिक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

काठमाडौं । बजाजका लागि नेपालका आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । 

 माघ ११ गतेदेखि सुरु भएको कार्निभल १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने छ । यस कार्निभलमार्फत ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर २२०एफ एफआई बीएस६ (Bajaj Pulsar 220F FI BS6) को औपचारिक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कार्निभलमै पहिलोपटक सार्वजनिक भएको यस नयाँ २२०एफ एफआई बीएस६ ले बजाजप्रेमीहरूलाई थप उत्साहित बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

विशेषगरी फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन, एबिएस र नयाँ ग्राफिक्ससहितको बजाज पल्सर २२० एफ (220F) ४ लाख ३९ हजार ९०० रुपैयाँको सुरुवाती मूल्यमा उपलब्ध गराइनेछ ।

 कम्पनीका अनुसार बजाज कार्निभलमा २२ भन्दा बढी एक्सपर्ट भ्यालुयटर्स कम्पनीहरूले सहभागीता जनाउनेछन् । कार्निभलमा ग्राहकले आफूले चलाइरहेको जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकललाई बजाजका नयाँ मोडलसँग साट्न पाउनेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले बजारभन्दा ८ हजार रुपैयाँ बढी मूल्यांकन पाउने व्यवस्था गरिएको छ ।

यसैगरी, ग्राहकले थप नगद छुट, विभिन्न एसेसोरिजहरू निःशुल्क तथा अन द स्पट फाइनान्स सुविधा पनि पाउनेछन् । बजाजका मोटरसाइकलहरू फाइनान्समा किन्न चाहनेले आफ्नो नागरिकता र ड्राइभिङ लाइसेन्सको भरमा फाइनान्स सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

हाल नेपालमा बजाजको क्लासिक पल्सर, पल्सर एनएस, डोमिनार, एभेन्जर, डिस्कोभर र प्लेटिना मोडलका मोटरसाइकलहरू उपलब्ध रहेका छन् ।

बजाजको नयाँ ‘नेक्स्ट–जेन महा एक्सचेन्ज कार्निभल’ ले ग्राहकलाई पुरानो मोटरसाइकल छाडेर नयाँ मोडलमा सजिलै रूपान्तरण गर्ने अवसर प्रदान गरेको छ भने विभिन्न छुट र सुविधा मार्फत मोटरसाइकल खरिदलाई अझ सुलभ बनाएको कम्पनीले उल्लेख गरेको छ ।