तीन दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड, सुन प्रतितोला ५२०० र चाँदी २८५ रुपैयाँले बढ्यो
सोमबार पनि सुन प्रतितोला ५ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला २८५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । पछिल्ला तीन कारोबार दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर बृद्धि हुँदै नयाँ रेकर्ड बनाइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले एकपछि अर्को गर्दै ऐतिहासिक उचाई बनाइरहेको छ । सोमबार पनि सुन प्रतितोला ५ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला २८५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । पछिल्ला तीन कारोबार दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर बृद्धि हुँदै नयाँ रेकर्ड बनाइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २८५ रुपैयाँ बढेर रेकर्ड कायम गरेको छ । सोमबार चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँ थियो ।