सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५४ प्रतिशत बढ्दा अन्य सूचक कस्ता ?

पुससम्म बैंकको वितरणयोग्य नाफा ९ करोड ४६ लाख रुपैयाँ छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७ पैसा छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ । यसअवधिसम्म बैंकको मूल्य आम्दानी अनुपात २४.७८ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा छ ।

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

चालु वर्षको पुससम्म सांग्रिलाले ३० करोड २५ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन नाफा  गत आर्थिक वर्षको १९ करोड ६५ लाख ६१ हजारको तुलनामा ५३.९५ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी बढेको छ भने इम्पेरमेन्ट चार्ज घटेको छ । यसले बैंकको नाफा बढ्न टेवा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको इम्पेरमेन्ट चार्ज २० करोड ८५ लाख रुपैयाँबाट घटेर १७ करोड ६८ लाख रुपैयाँमा झरेको छ। जसको कारण बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ ।

पुससम्म बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८० लाख ७२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष पुसमा यस्तो आम्दानी ९१ करोड ८२ लाख ९८ हजार रुपैयाँ रहेको थियो । बैंकको खुद फी तथा कमिशन पनि गत वर्षको १० करोड ७८ लाख ७२ हजार रुपैयाँको तुलनामा ११.२९ प्रतिशत बढेर १२ करोड ५३ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशतले बढेर १ अर्ब २५ करोड ७२ लाख र सञ्चालन नाफा ५९.३३ प्रतिशत बढेर ४५ करोड १३ लाख १३ हजार रुपैयाँ पुगेको छ । पुससम्म बैंकको वितरणयोग्य नाफा ९ करोड ४६ लाख रुपैयाँ छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७ पैसा छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ । यसअवधिसम्म बैंकको मूल्य आम्दानी अनुपात २४.७८ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा छ । पुससम्म ३ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सांग्रिलाको जगेडा कोषमा १ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ । पुससम्ममा बैंकले ५४ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । ६ महिनासम्म बैंकको खराब कर्जा ६.८९ प्रतिशत छ भने ब्याजको आधार दर ६.१७ प्रतिशत छ ।