हेटौंडाको महाशक्ति साबुन उद्योगमा आगलागी
हेटौंडास्थित औद्योगिक क्षेत्रको महाशक्ति साबुन उद्योगको स्टोर रुममा आगलागी भएको छ । कम्पनीको गोदाममा शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान साढे ९ बजे नियन्त्रणमा लिइएको हो। जस्तापाताले बनाएको टहरामा राखिएका साबुन, प्लास्टिक र केमिकल जलेर नष्ट भएका छन । क्षतिको विवरण भने आउन बाँकी नै रहेको छ ।
काठमाडौं । हेटौंडास्थित औद्योगिक क्षेत्रको महाशक्ति साबुन उद्योगको स्टोर रुममा आगलागी भएको छ । कम्पनीको गोदाममा शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान साढे ९ बजे नियन्त्रणमा लिइएको हो। जस्तापाताले बनाएको टहरामा राखिएका साबुन, प्लास्टिक र केमिकल जलेर नष्ट भएका छन । हेटौंडाका २ दमकल, मकवानपुरको प्रहरी टोली, सशस्त्र प्रहरी १४ नं.गणका प्रहरी र स्थानीय रातभर आगो निभाउने काममा खटिएका थिए ।
साबुन, र्यापर, कार्टुन, केमिकलसमेत भएकाले आगो नियन्त्रणमा लिन ढिलाइ भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी नै रहेको छ ।