रेकर्ड बनाउँदै अघि बढ्दै सुनचाँदीको मूल्य, २४०० ले सुनको भाउ बढ्दा २९० ले बढ्यो चाँदी
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको २ हजार ४ सयले बढेर ३ लाख ३ हजार ८०० मा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २९० रुपैयाँले बढेर ६ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । साताको पहिलो कारोबार आज पनि नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको २ हजार ४ सयले बढेर ३ लाख ३ हजार ८०० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १ हजार ४०० कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २९० रुपैयाँले बढेर ६ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ६ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।