विद्युतीय गाडीको आयात घट्यो, ६ महिनामा ४०९ गाडी आयात घट्दा १ अर्ब बढी बाहिरिनबाट रोकियो

गत वर्षको तुलनामा यस वर्ष विद्युतीय गाडी (ईभी) को आयात कम भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब ५ करोड ६९ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको गाडी आयात भएको छ । गत वर्ष भने सोही अबधिमा १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँ मूल्य बराबरको गाडी आयात भएको थियो ।

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष विद्युतीय गाडी (ईभी) को आयात कम भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब ५ करोड ६९ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको गाडी आयात भएको छ । गत वर्ष भने सोही अबधिमा १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँ मूल्य बराबरको गाडी आयात भएको थियो ।

यस वर्षको साउन देखि पुष सम्मको अवधिमा ५ हजार ७१ वटा ईभी कार, जिप र भ्यान भित्रिएकोमा गत वर्ष भने ५ हजार ४८० वटा गाडी नेपाल भित्रिएको थियो । यस ६ महिनामा सरकारले ७ अर्ब ४५ करोड ८७ लाख ३६ हजार रुपैयाँको राजश्व संकलन गरेको छ भने गत वर्ष भने ८ अर्ब १६ करोड २३ लाख ९२ हजार रुपैयाँको राजश्व संकलन गरेको थियो । 

विभागको तथ्याङ्क यस वर्षको पुषसम्मा ५० किलोवाट क्षमताका १५८५ वटा गाडी, ५१ देखि १०० किलोवाट क्षमताका ३०१७ वटा र १०१ देखि २०० किलोवाट क्षमताका ४६३ वटा गाडीको आयात भएको हो । त्यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको ६ वटा र ५० किलोवाटको अन–एसेम्बल गरिएको २ वटा ईभी गाडी आयात भएको छ । 

 नेपालमा ईभी गाडीको उत्पादन नहुने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबैभन्दा बढी भारत र चीनबाट हुन्छ । यस साउन देखि पुष सम्ममा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट १०६०, भारत बाट ५२५, यस्तै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट २२५५, भारत बाट ३६० , थाइल्यान्डबाट ४०१, अमेरिका १ वटा आयात भएको हो । 

 यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ४१४, भारतबाट २८, जर्मनीबाट ९, कोरियाबाट २ र अमेरिकाबाट १० वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएको गाडी चीनबाट ४ अमेरिका र अस्ट्रेलियाबाट १ १ वटा आयात भएको उल्लेख गरेको छ । भारतबाट २ वटा अन–एसेम्बल गाडी आएका छन् ।