माछापुच्छ्रे बैंकद्धारा KFC का आउटलेटमा POS जडान
माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्न तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी(KFC) र प्रविधि कम्पनी सिटी टेक(Citytech) सँग सहकार्य गरेको छ । नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्य अन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा भुक्तानी गर्नको लागि माछापुच्छ्रे बैंकका अत्याधुनिक पिओएस(POS) उपकरणहरू जडान गरिएको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्न तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी(KFC) र प्रविधि कम्पनी सिटी टेक(Citytech) सँग सहकार्य गरेको छ । नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्य अन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा भुक्तानी गर्नको लागि माछापुच्छ्रे बैंकका अत्याधुनिक पिओएस(POS) उपकरणहरू जडान गरिएको हो ।
यी उपकरणहरूले ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा क्यूआर मार्फत भुक्तानी प्रदान गरिेन्छ । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्न तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ । जसले दैनिक कारोबारहरुलाई अझ सरल, प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । यसले सेवा समय घटाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकको रहेको छ ।
स्थापना कालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहक समक्ष ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म फैलिएको सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ । बैंकले हाल १६५ शाखा, ८८ शाखा रहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टर सहितकुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ । साथै, १९९ एटीएम मार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधि सहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।