सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा आकर्षक ‘क्यासब्याक’
सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याक पाउने छन् ।
काठमाडौं । सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको पहिलो चरण सफल भएपछि ग्राहकलाई पुनः समय थप गरी सञ्चालन गरेको छ ।
योजनाअन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याक पाउने भएका हुन् ।
यो योजना २०८३ असारसम्म लागू हुने बैंकले जनाएको छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।