पाल्पा सिमेन्टको आईपीओ मा आवेदन दिने अवधि लम्बियो

पाल्पा सिमेन्ट इण्डस्ट्रिजले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने अवधि लम्ब्याएको छ। कम्पनीका अनुसार अब उक्त आईपीओमा माघ ११ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले माघ ४ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो।

 काठमाडौं । पाल्पा सिमेन्ट इण्डस्ट्रिजले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने अवधि लम्ब्याएको छ। कम्पनीका अनुसार अब उक्त आईपीओमा माघ ११ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले माघ ४ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानिय बासिन्दहरुका लागि सो सेयर निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।