सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ३ लाख नाघ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ९ हजार २ सयले बढेर ३ लाख एक हजार ४०० मा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३२० रुपैयाँले बढेर ६ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ९ हजार २ सयले बढेर ३ लाख एक हजार ४०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३२० रुपैयाँले बढेर ६ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।