मध्यपुरथिमिस्थित बाल सुधारगृहमा झडप

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा गएराति झडप र आगजनी भएको छ ।

बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोड भएको प्रहरीले जनाएको छ । झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

सुधारगृहमा भएको आगलागी भक्तपुर र काठमाडौँका वारुणयन्त्रले आगो निभाएका थिए । उक्त बालगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । प्रहरीले हाल स्थिति नियन्त्रणमा रहेको र पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको बताएको छ ।