भारतको प्रयागराजमा वायुसेनाको विमान दुर्घटना

भारतको उत्तर प्रदेशको प्रयागराजमा वायुसेनाको एक प्रशिक्षण विमान पोखरीमा दुर्घटना भएको छ । भारतीय मिडियाहरुले विमान पोखरीमा खसेको र विमानका केही भागहरू डुबेको देखिएको उल्लेख गरेका छन् । दुर्घटनामा विमानका दुई चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइएको छ ।

काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजमा वायुसेनाको एक प्रशिक्षण विमान पोखरीमा दुर्घटना भएको छ ।

भारतीय मिडियाहरुले विमान पोखरीमा खसेको र विमानका केही भागहरू डुबेको देखिएको उल्लेख गरेका छन् । दुर्घटनामा विमानका दुई चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइएको छ ।

वायु सेनाले दुई चालक दलका सदस्यहरू सहितको एउटा सानो भारतीय वायुसेना विमान प्रशिक्षण मिसनमा रहेको समयमा आपतकालीन अवतरण गर्नुपरेको बताएको छ । साथै दुवै चालक दलका सदस्यहरू सुरक्षित रहेको र कोर्ट अफ इन्क्वायरी आदेश दिइएको बताएको छ ।