बीवाइडीको ‘बाओ-३’ एसयूभी अपडेटस: पावर, ब्याट्री र सुरक्षा फिचरमा सुधार

चिनियाँ न्यू इनर्जी जाइन्ट बीवाइडीको फाङ चेङ बाओ ब्राण्डमा उपलब्ध बाओ-३ को फेसलिफ्ट प्योर इलेक्ट्रीक भर्सन सार्वजनिक भएको छ । कम्पनीले चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ बाओ-३ को विवरण पेश गरेको हो । बीवाइडीले यसअघि बाओ-३ मा प्रयोग गरेको मोटर र लाइडारमा परिवर्तन गरेको हो ।


काठमाडौं । चिनियाँ न्यू इनर्जी जाइन्ट बीवाइडीको फाङ चेङ बाओ (Fang Cheng Bao) ब्राण्डमा उपलब्ध बाओ-३ (Bao-3) को फेसलिफ्ट प्योर इलेक्ट्रीक भर्सन सार्वजनिक भएको छ । कम्पनीले चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ बाओ-३ को विवरण पेश गरेको हो । बीवाइडीले यसअघि बाओ-३ मा प्रयोग गरेको मोटर र लाइडारमा परिवर्तन गरेको हो । तर, एसयूभीको बाहिरी डिजाइनमा भने धेरै परिवर्तन भएको छैन।

बाओ-३ एसयूभी रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । यसको रियर ह्वील ड्राइभमा यसअघि १६० किलोवाटको मोटर थियो । अब त्यसलाई बढाएर २४० किलोवाट बनाइएको छ ।अब रियर ह्वील ड्राइभ भर्सनले नै सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केबल ७.९ सेकेन्डमा पुग्नेछ । 

बीवाइडीले यसको अल ह्वील ड्राइभ मोटर उपलब्ध भर्सनमा अगाडि १३५ किलोवाटको मोटर र पछाडि २४० किलोवाटको मोटर दिएको छ । यी दुबै मोटरको संयुक्त पावर ३७५ किलोवाट भएको छ । साथै, यसको पीकटर्क ५१० न्यूटन मिटर रहेको छ ।

बाओ-३ एसयूभीमा तीन ब्याट्री अप्सन दिएको छ । कम्पनीले यसमा ६५.२८ किलोवाट आवर, ७२.९६ किलोवाट आवर र ७८.७२ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । जसको रेन्ज ५०१ किलोमिटरसम्म हुने कम्पनीको दाबी छ ।

सुरक्षाको लागि कम्पनीले कुनै पनि फिचर कमी हुन दिएको छैन । जसमा ‘गर्डस आइ’ चालक सहायता प्रणाली उपलब्ध छ । यसमा फाइभ मिलिमिटर वेभ रडारहरु, १२ अल्ट्रासोनिक रडारहरु, १२ हाइ डेफिनेसन क्यामेरा दिएको छ ।

बीवाइडीले बाओ-३ को साइजलाई पनि निरन्तरता दिएको छ । यसको लम्बाइ ४६०५ एमएम, चौडाइ १९०० एमएम , उचाइ १७२० एमएम र ह्वीलबेस २७४५ एमएम रहेको छ ।