एमाले अध्यक्ष ओलीले गराए झापा-५ बाट उम्मेदवारी दर्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

यसअघि झापा-५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका थिए । रास्वपाले बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यो निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ ।