हर्क साम्पाङले गराए सुनसरी–१ बाट मनोनयन दर्ता

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए । सुनसरी–१ बाट अन्य उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, देउमान लिम्बू र राजेन्द्र गुरुङले समेत सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् ।

मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए ।२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने बताए । साम्पाङसँगै सुनसरी–१ बाट अन्य उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, देउमान लिम्बू र राजेन्द्र गुरुङले समेत सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।