सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?
नेपाली बजारमा आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको २७ सयले बढेर २ लाख ८४ हजार ७ सयमा कारोबार भइरहेको छ । आज चाँदी तोलाको ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको २७ सयले बढेर २ लाख ८४ हजार ७ सयमा कारोबार भइरहेको छ । सुनको यो मूल्य अहिलेसम्मको उच्च हो । यसअघि सोमबार सुन तोलाको २ लाख ८२ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।