बढ्यो अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य
अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । सोमबार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको थियो ।
काठमाडौं । तीन दिनसम्म स्थिर देखिएको अमेरिकी डलरको मूल्य मंगलबार भने बढेको छ । मंगलबार अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य पनि बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । सोमबार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको थियो ।
त्यसैगरि युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा तोकिएको छ । सोमबार युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा थियो । त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३७ पैसा छ । सोमबार पाउण्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ १७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८५ पैसा र बिक्रीदर २० रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाईभाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५ रुपैयाँ ९५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ तीन पैसा र बिक्रीदर ३८६ रुपैयाँ ६३ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ पाँच पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।