अमेरिकामा रहेका दुई एनआरएनएबीच एकता
अमेरिकामा आधिकारीक रुपमा दर्ता भई सञ्चालनमा रहेका दुई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाबीच एकता भएको छ । शनिबार नेभेडा राज्यको लस भेगास शहरमा सम्पन्न विशेष कार्यक्रमका बीच दुई समूहबीच एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सहमतिअनुसार अब उपरान्त टेनेसी राज्यमा दर्ता भएको एनआरएनए एनसीसी अमेरिकामार्फत नै संस्थागत गतिविधिहरु अघि बढाइनेछ ।
काठमाडौं । अमेरिकामा आधिकारीक रुपमा दर्ता भई सञ्चालनमा रहेका दुई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाबीच एकता भएको छ । शनिबार नेभेडा राज्यको लस भेगास शहरमा सम्पन्न विशेष कार्यक्रमका बीच दुई समूहबीच एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
न्युयोर्क राज्यमा दर्ता भई सञ्चालनमा रहेको सूर्य लम्साल (साल) नेतृत्वमा रहेको एनआरएनए र टेनेसी राज्यमा दर्ता भई सञ्चालनमा रहेको सतेन्द्र साह नेतृत्वको एनआरएनएबीच औपचारिक सहमति भएको हो । सहमतिअनुसार अब उपरान्त टेनेसी राज्यमा दर्ता भएको एनआरएनए एनसीसी अमेरिकामार्फत नै संस्थागत गतिविधिहरु अघि बढाइनेछ । सोही संस्थाको ईआईएन नम्बर प्रयोग गरिनेछ भने यस सम्झौतासँगै न्युयोर्कमा दर्ता भएको एनआरएनए खारेज भएको छ ।
सम्झौता पत्रमा सतेन्द्र साह र लम्साल नेतृत्वको एनआरएनएका तर्फबाट महासचिव तथा कार्यवाहक अध्यक्ष यदु बञ्जारा हस्ताक्षर गरेका थिए।
सतेन्द्र साह नेतृत्वको एनआरएनएको ९औँ कार्यसमिति बैठक तथा पहिलो फिजिकल बैठकको अवसर पारेर उक्त एकता सम्पन्न गरिएको हो।
हस्ताक्षरपछि बञ्जाराले जुट्नुभन्दा फुट्नु सजिलो हुने भए पनि संस्थागत हकहितका लागि सहमतिमा सम्झौता गरिएको तथा यो आवश्यक र ऐतिहासिक भएको बताए ।
यसैगरी साहले गैरआवासीय नेपालीका अधिकार र मुद्दा स्थापित गर्न एकताको विकल्प नभएको स्पष्ट पारे । उहाँले भन्नुभयो,
सोही अवसरमा महासचिव मोहन न्यौपानेले बाँकी सबै पक्ष तथा समूहहरूलाई पनि संवाद र वार्तामार्फत एकतामा आउन आह्वान गरे।
कार्यक्रममा विभिन्न च्याप्टरका प्रतिनिधिहरु, मानार्थ सदस्य, चिफ प्याट्रोन, प्याट्रोनलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।