सुनको मुल्य बढ्यो, चाँदीमा भने सामान्य गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको ६ सयले बढेर तोलाको २ लाख ७७ हजार ८ सयमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर तोलाको ५ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको ६ सयले बढेर तोलाको २ लाख ७७ हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको २ लाख ७७ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर तोलाको ५ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।