छ महिनामै ३९ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता, ४७५ आयोजना स्वीकृत
नेपालमा चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तको अवधिमा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको ६ महीनामा ६ महिनामा ७ ओटा ठूला, ८ वटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । यस अवधिमा कुल ४७५ वटा विदेशी लगानीका आयोजनाहरू स्वीकृत भएका छन्, जसबाट २० हजार १२२ जना व्यक्तिले रोजगारी पाउने अनुमान गरिएको छ ।
काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तको अवधिमा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले प्रकाशन गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । चालु आर्थिक वर्षको ६ महीनामा ६ महिनामा ७ ओटा ठूला, ८ वटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । यस अवधिमा कुल ४७५ वटा विदेशी लगानीका आयोजनाहरू स्वीकृत भएका छन्, जसबाट २० हजार १२२ जना व्यक्तिले रोजगारी पाउने अनुमान गरिएको छ । साउन महिनामा मात्रै ५९ करोड ७५ लाख ६० हजार प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएकोमा भदौमा ३३ अर्ब ९ करोड २० लाख आएको थियो । त्यस्तै, असोजमा २ अर्ब ४ करोड ५७ लाख वैदेशिक लगानी प्रतिवद्धता आउँदा कात्तिकमा मात्रै १ अर्ब ५४ करोड ३९ लाख प्राप्त भएको थियो भने मङ्सिरमा मात्रै १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको थियो ।
गत आर्थिक वर्षको ६ महिनामा ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा सूचना प्रविधिमूलक क्षेत्रका सबैभन्दा बढी लगानीको प्रतिवद्धता आएको छ । गत साउनदेखि पुस महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २५७ वटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ८८ करोड बराबरको लगानी प्रतिवद्धता आएको छ । उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रका १ सय ४५ उद्योगमा १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।