सुन २ लाख ७७ हजार नाघ्यो, चाँदी ५ हजार ६४५ मा कारोबार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढेर २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदी तोलामा १६० रुपैयाँ बढेर ५ हजार ६४५ रुपैयाँ कायम भएको छ ।

काठमाडौं । बिहीबार घटेको सुन र चाँदीको मूल्य आज भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढेर २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदी तोलामा १६० रुपैयाँ बढेर ५ हजार ६४५ रुपैयाँ कायम भएको छ । त्यस्तै बिहिबार भने चाँदी ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।