पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँ

बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो ।

निगमका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ र डिजेल र मट्टितेल प्रतिलिटर १३६ कायम भएको छ । यसअघि पुस १६ गते पनि पेट्रोलको मूल्य लिटरमा चार रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर पाँच रुपैयाँ घटाइएको थियो ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले बिहीबार राति नयाँ मूल्यसूची निर्धारण गरेको हो ।