५७ हजार अमेरिकी डलर सहित खुर्कोटबाट एक युवक पक्राउ
सिन्धुलीको खुर्कोटबाट ५७ हजार अमेरिकी डलर सहित एकजना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवार रहेका छन् ।
काठमाडौं । सिन्धुलीको खुर्कोटबाट ५७ हजार अमेरिकी डलर(आजको विनियम दर अनुसार ८२ लाख ८ हजार नेपाली रुपैयाँ) सहित एकजना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवार रहेका छन् । काठमाडौंबाट झापा जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट नेवार लाई पक्राउ गरिएको हो । त्यस्तै सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएको छ। रकमबारे सिन्धुली प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।