डिजिटल ट्राभल बुकिङलाई सहज बनाउन ‘ई बुकिङ नेपाल डटकम’ को सुरुवात
डिजिटल यात्रा तथा सेवा बुकिङ प्रणालीलाई अझै बढी उपभोक्तामैत्री बनाउने उद्देश्यका साथ संचालनमा ल्याइएको ई बुकिङ नेपाल नेपाली हस्पिटालिटी क्षेत्रमा एउटा अर्थपूर्ण मानक सिद्ध हुने आयोजकको विश्वास छ ।
काठमाडौं । नेपालमा डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउ ई बुकिङ नेपाल डट कम को सुरुवात भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलद्धारा मल्ल होटलमा आयोजित कार्यक्रममा ई बुकिङ नेपालको औपचारिक सुरुवात गरिएको हो । डिजिटल यात्रा तथा सेवा बुकिङ प्रणालीलाई अझै बढी उपभोक्तामैत्री बनाउने उद्देश्यका साथ संचालनमा ल्याइएको ई बुकिङ नेपाल नेपाली हस्पिटालिटी क्षेत्रमा एउटा अर्थपूर्ण मानक सिद्ध हुने आयोजकको विश्वास छ ।
ई बुकिङ नेपालले होटल, ट्राभल, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवाहरूलाई एउटै प्लेटफर्ममार्फत सहज, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य लिएको छ । जुन प्लेटफर्मले डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पुऱ्याउनुका साथै राजश्व अभिवृद्धिमा समेत सघाउने छ ।
सेवा विस्तार तथा साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच बढाउने योजना पनि ई बुकिङ नेपालको छ । ई बुकिङ नेपाललाई नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको अग्रणी डिजिटल प्रवेशद्वार बनाउँदै यात्रुहरूलाई प्रामाणिक अनुभवहरूसँग जोड्ने तथा दिगो र समावेशी आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ । प्रयोगकर्ताहरूले एप्पल एप स्टोर तथा गुगल प्ले स्टोर मार्फत एप डाउनलोड गरी सहज रूपमा सेवा लिन सक्नेछन् ।