लोमान्थाङबाट २ करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा

विज्ञापन
ncell

ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा चीनबाट अवैध रूपले नेपाल भित्र्याउँदै गरेको अवस्थामा २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको भेप बरामद भएको हो ।

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट २ करोड बढीको विद्युतीय चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कन्टेनर चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन् । ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा चीनबाट अवैध रूपले नेपाल भित्र्याउँदै गरेको अवस्थामा २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको भेप बरामद भएको हो ।

नेपाल-चीन सिमानाको कोरोला नाका अगाडिबाट ८० कार्टुन भेपसहित लामालाई नियन्त्रणमा लिइएको हो । बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने लामालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ ।