इरानसँग व्यापार गर्ने देशसँग थप २५ प्रतिशत कर असुल्ने डोनाल्ड ट्रम्पको घोषणा

इरानसँग व्यापार गर्नेमा चीन सबैभन्दा अगाडी छ भने त्यसपछि इराक, युएई, टर्की र भारत छ । भेनेजुएलामा आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेर अमेरिका ल्याएपछि ट्रम्पको मनोबल बढेको छ।

तस्विरः एआई

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरुसँग थप २५ प्रतिशत कर लगाईने बताएका छन् । इरानमा अहिले व्यवस्था परिवर्तनका लागि प्रदर्शन भइरहेकाले कसैले पनि इरानसँग व्यापार नगर्न र अटेर गरि व्यापारलाई निरन्तरता दिएमा करको नियम तत्काल लागू हुने घोषणा गरेका हुन् । 

इरानसँग व्यापार गर्नेमा चीन सबैभन्दा अगाडी छ भने त्यसपछि इराक, युएई, टर्की र भारत छ । भेनेजुएलामा आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेर अमेरिका ल्याएपछि ट्रम्पको मनोबल बढेको छ। अन्तर्राष्ट्रिय कानुन र मान्यतालाई तोड्दै भएको भेनेजुएला आक्रमणका विरुद्ध अन्य देश एक भएर उभिन नसक्दा ट्रम्पको निशानामा अन्य देशहरु पर्न थालेका छन् ।

इरानको राजधानी तेहरानसहितका सहरहरुमा सरकारविरोधी प्रदर्शनमा दमन भए राम्रो नहुने चेतावनीसमेत ट्रम्पले दिएका छन् । अमेरिकाले इरानमा सैन्य कारबाही गर्न सक्ने सम्भावना छ ।